
काठमाडौँ । पूर्वमन्त्री दीपक खड्कालाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । खड्काकी श्रीमती विनिता थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले थुनामुक्त गर्न आदेश दिएको हो ।
न्यायाधीशद्वयले खड्कालाई हिरासतमा राख्दा उचित विधि र प्रक्रिया पूरा नगरिएको तथा पक्राउ पुर्जी र म्याद थप कानुनसम्मत् नदेखिएको ठहर गरेका छन् । यस्तै खड्कामाथिको सम्पत्ति शुद्धीकरणको आरोपको कसुरको अनुसन्धान हिरासतबाहिरै हुन सक्ने भएको पनि अदालतले ठहर गरेको छ ।