सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा

माघ १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा

कैलाली । सुदूरपश्चिम प्रदेशमा आइतबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ।

निर्वाचनका लागि स्थानीय तहबाट १ सय ७३ जना र प्रदेश सभा सदस्यतर्फ ५१ जना गरी कुल २ सय २४ मतदाता रहेका छन्। मतभारका हिसाबले स्थानीय तहतर्फ ३ हजार २८७ र प्रदेश सभा सदस्यतर्फ २ हजार ७०३ गरी जम्मा ५ हजार ९९० मतभार रहेको छ ।

राष्ट्रिय सभाको महिलातर्फ नेकपाकी रोजी बस्नेत र नेकपा एमालेकी लीला भण्डारीको उम्मेदवारी दर्ता भएको छ। त्यस्तै अन्य समूहअन्तर्गत नेपाली कांग्रेसका खम्म बहादुर खाती र नेकपाका टिकाराम जैशी उम्मेदवार रहेका छन्। नेपाली कांग्रेस र नेकपा एमालेबीच चुनावी गठबन्धन भएकाले दुबै पार्टीका उम्मेदवारहरू विजयी हुने निश्चित छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.