
धनकुटा । कोशीका पूर्वी पहाडी जिल्लामा श्रद्धा र उत्सवका साथ बसन्त पञ्चमी मनाइएको छ ।
धनकुटा, संखुवासभा, भोजपुर, ताप्लेजुङ लगायतका जिल्लामा रहेका विभिन्न मन्दिर, विद्यालय तथा क्याम्पसहरुमा विद्या, ज्ञान र कला कि देवी सरस्वतीको पूजा आराधना गर्दै विद्यार्थी, शिक्षक र अभिभावक मिलेर बसन्त पञ्चमी मनाएका हुन् ।
धनकुटामा भने निर्माणाधीन मन्दिरको संरचना पुरा गर्न शिक्षक अभिभावक र विद्यार्थीबाट २ लाख ९० हजार रूपैयाँ चन्दा संकलन गरिएको भाषा माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द राईले बताउनु भयो ।