गोरखा-२ बाट पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईद्वारा उम्मेदवारी फिर्ता

माघ ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
गोरखा-२ बाट पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईद्वारा उम्मेदवारी फिर्ता

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । 

गोरखा-२ बाट उम्मेदवार बन्नुभएका भट्टराईले पार्टी निकट नेता र शुभचिन्तकहर"सँग सल्लाह गरेर उम्मेदवारी फिर्ता लिने निर्णय गर्नुभएको हो । भट्टराईलाई रास्वपाका सभापति रवि लामिछाने र नेकपा संयोजक पुष्पकमल दाहाल तथा कांग्रेस नेताहरूले फोन गरेर उम्मेदवारी फिर्ता लिन र अभिभावकका रूपमा सघाउन आग्रह गरेको पनि उहाँले जानकारी दिनुभयो । 

भट्टराईले गोरखा-२ यसअघि ०७९ निर्वाचनमा माओवादी उम्मेदवार पुष्पकमल दाहाललाई छाडिदिनुभएको थियो । यसपटक पनि अब आफू चुनाव नलड्ने बताउँदै आएका भट्टराईले दुई दिनअघि मात्रै निर्णय गरेर गोरखा-२ मा मनोनयन गर्नुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.