सरकारले आसन्न निर्वाचनलाई निष्पक्ष ढंगले गराउँछ भन्नेमा आशंका छ : डा. वेदुराम भुसाल

माघ ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
सरकारले आसन्न निर्वाचनलाई निष्पक्ष ढंगले गराउँछ भन्नेमा आशंका छ : डा. वेदुराम भुसाल

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कम्युनिष्ट पार्टीका संसदीय दलका नेता डा. वेदुराम भुसालले वर्तमान सरकारले आसन्न प्रतिनिधि सभाको निर्वाचन धाँधलीरहित ढंगले सम्पन्न गर्नेमा आशंका रहेको बताउनुभएको छ ।

शुक्रबार राष्ट्रिय सभाको १९औँ अधिवेशनको शुभारम्भमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । त्यसैगरी उहाँले सो निर्वाचनमा नेपाली जनताले मुलुकको संविधानलाई लयमा फर्काउने राजनीतिक दलहरूलाई चयन गर्नुपर्ने बताउनु भयो । नेता भुसाललेसंविधान च्यात्छु भन्ने, मुलुकमा ध्वंश मच्चाउने शक्तिहरूलाई निर्वाचनमा पराजय गराउने जिम्मेवारी नेपाली जनताको आएको समेत बताउनु भयो । 

उहाँले राष्ट्रिय सभालाई प्रभावकारी बनाउने विषयमा जोड दिन आवश्यक रहेको बताउनु भयो । नेता भुसालले मुलुकलाई सही ढंगले अघि बढाउन राजनीतिक दलहरूले मिलेर अघि बढ्नुपर्ने समेत बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.