‘राष्ट्रिय सभालाई कामकाजी, उपलब्धीमूलक र जन भावना अनुरूप सञ्चालन गर्न सबै पक्षको सहयोग आवश्यक’

माघ ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
‘राष्ट्रिय सभालाई कामकाजी, उपलब्धीमूलक र जन भावना अनुरूप सञ्चालन गर्न सबै पक्षको सहयोग आवश्यक’

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभालाई कामकाजी, उपलब्धीमूलक र जनताको भावना र अपेक्षा अनुसार सञ्चालन गर्न सबै राजनीतिक दलहरूको सहयोग हुने विश्वास व्यक्त गर्नुभएको छ ।

शुक्रबार राष्ट्रिय सभाको १९औँ अधिवेशनको शुभकामना मन्तव्य दिँदै उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष दाहालले राष्ट्रिय सभाको गरिमा अभिवृद्धिमा सांसदहरूले आगामी दिनमा अझ व्यवस्थित भूमिका खेल्नुपर्ने जरूरी रहेको समेत बताउनु भयो । उहाँले राष्ट्रिय सभाले जनताको भावनाअनुसार कानुन निर्माणमा धेरै काम गर्न आवश्यक रहेको समेत बताउनु भयो ।

अध्यक्ष दाहालले भन्नुभयो,‘सबै राजनीतिक दलहरूले १९औँ अधिवेशनलाई कामकाजी, उपलब्धीमूलक, जनताको भावना र अपेक्षाअनुरूप सभा सञ्चालनमा आवश्यक सल्लाह र सहयोग हुनेनै छ भन्ने अपेक्षा लिएको छु । यो हल निर्माणमा सहयोग गर्ने नेपाल सरकारलगायतका सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु । सभाको गरिमा अभिवृद्धिमा आगामी दिनमा अझ व्यवस्थित भूमिका निर्वाह हुनेनै छ भन्ने आशासहित यो अघिवेशनको पूर्ण सफलताको कामना गर्दछु ।’

अध्यक्ष दाहालले राष्ट्रिय सभाले सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउन पनि महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.