कामनपाले फुटपाथ र पार्किङ व्यवस्थापनलाई प्राथमिकता दिने

माघ ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
कामनपाले फुटपाथ र पार्किङ व्यवस्थापनलाई प्राथमिकता दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले फुटपाथ र पार्किङ व्यवस्थापनलाई प्राथमिकता दिने भएको छ ।

बुधबार पत्रकार सम्मेलन गर्दै महानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशीले यसबारे जानकारी गराउनुभएको हो । धुलो, धुवाँ, सार्वजनिक शौचालय, सार्वजिनक सम्पत्ति संरक्षणका विषय, वर्कसपका विषयमा ध्यान केन्द्रित गर्न उहाँले नगर प्रहरीलाई निर्देशन दिनुभयो । 

नगर प्रहरी प्रमुख जोशीले काम गर्न नआउने र शक्ति केन्द्रमा धाउने बानी हटाउन पनि चेतावनी दिनुभयो । अहिले धेरै कुराहरू नियन्त्रणमा आइसकेकाले अब मनिटरिङ मात्रै गरे पुग्ने उहाँकाे भनाइ छ । सबैसँग सभ्य र नरम भाषामा बोल्न उहाँले सुझाव समेत दिनुभयो ।

उहाँले सार्वजनिक स्थलमा धुम्रपान गर्न नदिन महानगर प्रहरीलाई निर्देशन दिनुभयो । विगतमा भएका सकारात्मक कामलाई निरन्तरता दिने पनि उहाँले बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.