
काठमाडौं । जेन-जी आन्दाेलनका अगुवा सुधन गुरुङले आफू र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्न लागेकाे जानकारी दिनुभएकाे छ ।
उहाँले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफू र काठमाडौं महानगर मेयर बालेन्द्र शाहले दिउँसो साढे ३ बजे औपचारिक रूपमा रास्वपा प्रवेश गर्न लागेकाे जानकारी दिनुभएकाे हाे । उहाँले सार्वजनिक गरेको वक्तव्यअनुसार यो निर्णय पद, शक्ति वा व्यक्तिगत स्वार्थका लागि नभइ जनताको अपेक्षा र जिम्मेवारीप्रतिको प्रतिबद्धताबाट प्रेरित भएको बताउनुभएको छ।
उहाँले सामाजिक सञ्जाललेख्नुभएकाे छ, 'आज दिउँसो ३:३० बजे, बालेन शाह र म औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्दैछौँ। यो निर्णय पद, शक्ति वा व्यक्तिगत स्वार्थका लागि होइन, जनताको अपेक्षा र जिम्मेवारीप्रतिको प्रतिबद्धताबाट आएको हो। तपाईंहरूले माग गर्नुभएको जवाफदेहिता, दिशा र नतिजालाई अब संस्थागत रूपमा अघि बढाउने समय आएको छ। जनहित पहिलो प्राथमिकता रहनेछ, युवाको विश्वास सुरक्षित रहनेछ र परिवर्तनलाई स्थायी बनाइनेछ। यो यात्रा तपाईंहरूसँगै अघि बढ्छ।'
