पहिलो पटक रास्वपा केन्द्रीय कार्यालय पुगे बालेन्द्र साह

माघ ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
पहिलो पटक रास्वपा केन्द्रीय कार्यालय पुगे बालेन्द्र साह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह पहिलो पटक पार्टीको केन्द्रीय कार्यालय पुग्नुभएको छ ।

आइतबार दिउँसो तामझामसहित वनस्थलीस्थित पार्टी कार्यालयमा प्रवेश गर्नुभएका शाहलाई रास्वपाका नेता तथा कार्यकर्ताहरूले उत्साहपूर्वक स्वागत गरेका हुन् । रास्वपामा वरिष्ठ नेताको रूपमा समाहित भए यता उहाँको यो पहिलो औपचारिक कार्यालय भ्रमण हो । 

उहाँ आजै बस्ने रास्वपाको केन्द्रीय समिति बैठकमा सहभागी हुन कार्यालय पुग्नुभएको हो । गत पुसमा रास्वपासँग ७ बुँदे सहमति गर्दै पार्टीमा समाहित हुनुभएका शाहलाई आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिने घोषणा गरिएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.