काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहद्वारा पदबाट राजीनामा

शाहले बुझाएको राजीनामा उपप्रमुख सुनीता डंगोलबाट स्वीकृत
रास्वपा केन्द्रीय समिति बैठकमा सहभागी हुने
माघ ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहद्वारा पदबाट राजीनामा

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले राजीनामा दिनुभएको छ । 

शाहले आइतबार महानगर उपप्रमुख सुनीता डंगोलसमक्ष राजीनामा दिनुभएको हो । डंगोलले उहाँको राजीनामा स्वीकृत गरिसक्नु भएको छ । रास्वपाका वरिष्ठ नेता रहनु भएका शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकमा सहभागी हुन केन्द्रीय कार्यालय पुग्नु भएको छ ।

उहाँ घन्टी बजाएर भित्र पस्नुभएको थियो । केन्द्रीय समिति बैठकमा सहभागी भएर उहाँ आजै चुनावी अभियानका लागि जनकपुर जाने कार्यक्रम छ । रास्वपा पार्टी कार्यालयमा अहिले कार्यकर्ताहरुको ठूलो भीड छ । शाह प्रतिनिधि सभा निर्वाचनाका लागि उम्मेदवारी दिने तयारीमा हुनुहुन्छ । उहाँ एमाले अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र झापा-५ बाट चुनाव लड्ने तयारीमा हुनुहुन्छ ।

आगामी फागुन २१ मा हुने प्रतिनधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बसिरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.