‘निर्वाचन र मनोनयनको मिति सर्ने जस्ता विषयमा आयोगमा औपचारिक छलफल भएको छैन’

अनुमानका भरमा समाचार सम्प्रेषण नगरदिनुहुन अनुरोध
माघ ४, २०८२
‘निर्वाचन र मनोनयनको मिति सर्ने जस्ता विषयमा आयोगमा औपचारिक छलफल भएको छैन’

काठमाडौं । निर्वाचन आयाेगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचनको मिति सर्ने, मनोनयनको मिति सर्ने जस्ता विषयमा आयोगमा कुनै निर्णय वा औपचारिक छलफल नभएकाे स्पष्ट पार्नुभएकाे छ । 

आइतबार उहाँले निर्वाचनको मिति सर्ने, मनोनयनको मिति सर्ने जस्ता विषयमा आयोगमा कुनै निर्णय वा ओपचारिक छलफल नभएकाे स्पष्ट पार्नुभएकाे हाे । निर्वाचनको मिति सर्ने, मनोनयनको मिति सर्ने जस्ता विषयमा हाे-हाल्ला चलेपछि आयाेगका प्रवक्ताले उक्त विषयहरूमा आयोगमा कुनै निर्णय वा औपचारिक छलफल नभएकाे भन्दै स्पष्ट पार्नुभएकाे हाे । 

यसका साथै उहाँले अनुमानका भरमा समाचार सम्प्रेषण नगरदिनुहुन सबैमा अनुरोध समेत गर्नुभएकाे छ ।