
डोल्पा । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ का लागि डोल्पामा मुख्य निर्वाचन अधिकृतकाे कार्यलय स्थापना गरिएको छ ।
शुक्रबार जिल्ला अदालत डोल्पामा माननीय जिल्ला न्यायाधीश बिरेन्द्र देव भारतीले ब्यानर राखेर उद्घाटन गर्नु भएको हाे। मुख्य निर्वाचन अधिकृत भारतीले फागुन २१ गते हुन लागेको निर्वाचन सम्पन्न गर्न मुख्य निर्वाचन कार्यलय स्थापना गरिएको बताउनु भयो । शुक्रबार जिल्ला अदालत डोल्पामा माननीय जिल्ला न्यायाधीश बिरेन्द्र देव भारतीले ब्यानर खोलेर उद्घाटन गर्नु भयाे ।
मुख्य निर्वाचन अधिकृत भारतीले अब हुन लागेको निर्वाचन सुरक्षित भयरहित वातावरणमा सम्पन्न गर्नु पर्ने र प्रत्येक मतदाताहरूलाई भयरहित वातावरणमा मतदान गर्नका लागि सुरक्षा प्रमुखहरूलाई निर्देशन दिनु भयो । सबैले आ-आफ्नो तवर र ठाउँबाट निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न सबैको दायित्व रहेको बताउँदै सबैले सहयोग गर्न आग्रह गर्नु भयो ।