निर्वाचन सफल बनाउन राष्ट्रपति पौडेलको आह्वान

माघ १, २०८२ |प्रदीप पन्त
निर्वाचन सफल बनाउन राष्ट्रपति पौडेलको आह्वान

काठमाडौै ।  राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई सफल बनाउन सबैलाई आह्वान गर्नुभएको छ। 

बागलुङको पैयुँपाटास्थित त्रिभुवन माविको हीरक जयन्ती समारोहलाई बिहीबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता सबै नेपालीको चाहना निर्वाचन भएकाले सफल बनाउन सबैलाई आग्रह गर्नुभएको हो । सुरक्षित भविष्यको लागि मुलुकलाई निकास दिने उपाय भनेकै निर्वाचन भएको राष्ट्रपति पौडेलको जोड थियो ।

राष्ट्रपति पौडेलले ठूलो संघर्ष र बलिदानबाट प्राप्त भएको संविधान र संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको शासनमा बसेकाहरूबाट जनताको हितलाई केन्द्रमा राखेर विकासको गतिलाई तिव्रता दिनुपर्ने अहिलेको आवश्यकता रहेको औंल्याउनुभयो ।


Image

प्रदीप पन्त

पन्त कान्तिपुर टेलिभिजनका बागलुङ संवाददाता हुन् ।