आइसीसी महिला टी-२० विश्वकप ग्लोबल छनौट : कान्तिपुर म्याक्समा प्रत्यक्ष प्रशारण हुने

माघ १, २०८२ |सविना कार्की
आइसीसी महिला टी-२० विश्वकप ग्लोबल छनौट : कान्तिपुर म्याक्समा प्रत्यक्ष प्रशारण हुने

काठमाडौै । आइसीसी महिला टी-२० विश्वकप ग्लोबल छनौट कान्तिपुर म्याक्स बाट प्रत्यक्ष प्रशारण हुने भएको छ । ग्लोबल छनौट आगामी आइतबार बाट सुरु हुदैछ । नेपाल क्रिकेट संघले आयोजना गर्न लागेको यो अहिले सम्मको ठुलो प्रतियोगिता हो । नेपालले पहिलो पटक ग्लोबल छनौट खेल्दैछ ।

छनौट प्रतियोगितामा टेस्ट राष्ट्र सहित कुल दश टिमको सहभागीता रहनेछ । नेपाल समुह "बी" मा छ । यो समुहमा स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बाब्वे र नेदरल्यान्डस छन् । समुह "ए" मा बंगलादेश, आयरलयान्ड, पपुवा न्युगिनी, नामिबिया र अमेरिका छन् । खेल टियु क्रिकेट स्टेडियम र मुलपानीको माथिल्लो मैदानमा हुनेछ ।

पहिलो दिन आइतबार टियुमा विहान नेपाल र थाइल्यान्ड, दिउसो जिम्बाब्वे र नेदरल्यान्डस बीच खेल हुनेछ । सोही दिन मुलपानीमा अमेरिका बंगलादेश तथा आयरल्यान्ड र पिएनजी आमने सामने हुनेछ । नेपालका सवै खेल टियुमा हुनेछन् । दुई समुहका शीर्ष तीनमा रहने टिम सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्सको शीर्ष चारमा रहने टिमले इङल्यान्डमा हुने विश्वकपमा स्थान बनाउने छन् । 


Image

सविना कार्की

कार्की कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।