हाम्रो माग देउवाबाहेक अरूलाई प्रधामन्त्री तोकेर जाउँ भन्ने मात्रै हो : गगन थापा

पुस ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
हाम्रो माग देउवाबाहेक अरूलाई प्रधामन्त्री तोकेर जाउँ भन्ने मात्रै हो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनमा प्रधानमन्त्रको नयाँ उम्मेदवार तोकेर जाने मात्रै आफूहरूको माग रहेको बताउनुभएको छ ।

बुधबार नेपाली कांग्रेसको विशेष महाधिवेशनमा समबाेधन गर्दै उहाँले आफूलाई प्रधानमन्त्री पद नचाहिएको पनि बताउनु भयो । उहाँले विशेष महाधिवेशनपछि कांग्रेस सुधारिएर आएको म्यासेज जनतामा दिनुपर्ने भन्ने आफूहरूको मागलाई बेवस्ता गरिएको बताउनु भयो । 

उहाँले सभापति शेरबहादुर देउवाबाहेक अरू जसलाई प्रधानमन्त्रीको उम्मेदवार तोक्दा पनि आफूहरूलाई मान्य हुने बताउनु भयो । उहाँल आफूहरु अरू सबै विकल्पमा खुला भएको भए पनि विभिन्न किसिमका हल्ला फैलाइएको आरोप लगाउनु भयो ।

उहाँले सहमतिको नाममा आफूहरूलाई अल्मल्याउने काम मात्रै भएको बताउनु भयो । विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका सार्न लगाएर सहमतिको नाममा समय बिताउने मात्रै काम गरिएको उहाँको गुनासो छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.