राहत र पुनर्निर्माणमा ढिलासुस्तीको विरोधमा जाजरकोटका भूकम्प पीडितद्वारा चरणबद्ध आन्दोलन घोषणा

पुस २८, २०८२ |सरोज वली
राहत र पुनर्निर्माणमा ढिलासुस्तीको विरोधमा जाजरकोटका भूकम्प पीडितद्वारा चरणबद्ध आन्दोलन घोषणा

जाजरकोट । २०८० सालको भूकम्पबाट प्रभावित जाजरकोटका पीडित नागरिकहरूले राहत, पुनर्निर्माण र क्षतिपूर्ति प्रक्रियामा भएको ढिलासुस्तीको विरोध गर्दै चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेका छन्।

भूकम्प पीडित जाजरकोटवासीहरूको तर्फबाट जिल्ला प्रशासन कार्यालय जाजरकोटमार्फत प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापनपत्रमा नेपाल सरकार, कर्णाली प्रदेश सरकार तथा स्थानीय तहले गरेका प्रतिबद्धता तत्काल कार्यान्वयन गर्न माग गरिएको छ।

ज्ञापनपत्रमा कार्यविधि निर्माण, विस्तृत क्षति आकलन तथा प्रतिवेदन सार्वजनिक गर्न दुई वर्षभन्दा बढी समय लाग्दा हजारौँ भूकम्प पीडित अझै अस्थायी र असुरक्षित अवस्थामा जीवन बिताउन बाध्य भएको उल्लेख गरिएको छ। पीडितहरूले यस अवस्थालाई मौलिक मानव अधिकार र मानवीय संवेदनाविपरीत भएको बताएका छन्।

मागहरू सम्बोधन नभए माघ ५ गतेदेखि जिल्ला प्रशासन कार्यालय, भेरी नगरपालिका र विभिन्न स्थानीय तहका केन्द्रमा धर्ना, र्‍याली, नाराबाजी, कालो झण्डा प्रदर्शन, बजार केन्द्रित कार्यक्रम तथा अत्यावश्यक सेवाबाहेक बन्द-हड्तालसम्मका आन्दोलन गर्ने चेतावनी दिइएको छ।

पीडितहरूको मुख्य मागमा क्षतिग्रस्त घर पुनर्निर्माणका लागि सम्झौताअनुसारको रकम तत्काल निकासा, विस्तृत क्षति आकलनसम्बन्धी गुनासोको शीघ्र समाधान, बाँकी घरधुरीको क्षति आकलन सम्पन्न तथा रोकिएका प्रतिवेदन तुरुन्त सार्वजनिक गर्नुपर्ने रहेका छन्।

यी मागहरू तत्काल सम्बोधन नभए पीडित संघर्ष समितिले अवस्था र आवश्यकताअनुसार आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरिने


Image

सरोज वली

वली कान्तिपुर टेलिभिजनका जाजरकोट प्रतिनिधि हुन् ।