सभापति देउवालाई सुनिल शर्माको अनुरोध : रोइलो छाडेर बन्दसत्रमा आउनुहोस्

पुस २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
सभापति देउवालाई सुनिल शर्माको अनुरोध : रोइलो छाडेर बन्दसत्रमा आउनुहोस्

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनको बन्दसत्र उद्घाटन गर्न आउन अनुरोध गर्नुभएको छ ।

काठमाडौंमा जारी पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता शर्माले सभापति देउवालाई रोइलो गर्न छोडेर बन्दसत्रको हलमा उपस्थित हुन अनुरोध गर्नुभएको हो । उहाँले महाधिवेशनको बन्दसत्रले सभापति देउवालाई झन्डै आधा दर्जन विकल्पहरू दिने समेत बताउनु भयो । 

उहाँले पार्टी चुनाव लड्न सभापति देउवालाई चुनौती दिँदै पराजित भए पनि फुलमालासहित घर पुर्याइदिने टिप्पणी गर्नुभयो । उहाँले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको मागलाई सम्बोधन गर्न मध्यमार्गी बाटो अबलम्वन गर्न नसक्नु दुर्भाग्यपूर्ण भएको पनि बताउनुभयो ।

पार्टीभित्र आन्तरिक विवादकाबीच काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन जारी छ । बन्दसत्र सोमबार बिहानदेखि सुरू हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.