
काठमाडौं । नेपाली कांग्रेसका बैतडी जिल्ला सभापति चतुरबहादुर चन्दले विशेष महाधिवेशनमार्फत परिवर्तित समयअनुसार पार्टीको समस्या समाधान गर्दै देश र जनताको हितमा काम गर्नसक्ने नेतृत्व चयन गर्नुपर्ने बताउनुभएको छ ।
काठमाडौंमा जारी पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति चन्दले पार्टीभित्रका समस्या समाधान गर्ने नीति र समयअनुसार चल्नसक्ने नेतृत्व चयन गरिनुपर्ने बताउनुभएको हो । उहाँले विगत चार महिनामा कांग्रेस कमजोर अवस्थामा पुगेको उल्लेख गर्दै पुनर्जीवित बनाउन भूमिका खेल्ने सबैलाई सम्मान गर्नुपर्ने बताउनु भयो ।
उहाँले मुलुकले ठूलो परिवर्तन खाजेको भए पनि अन्य दुई ठुला दलहरू समयसापेक्ष रूपमा चल्न नसकेको पनि आरोप लगाउनु भयो । पार्टीभित्र आन्तरिक विवादका बीच काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन जारी छ ।