
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको ३०४ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस समारोहमा प्रधानमन्त्री सुशीला कार्की सहभागी हुनुभएको छ ।
आइतबार काठमाडौंमा आयोजित सो समारोहमा प्रधानमन्त्री कार्कीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले स्वागत गर्नुभएको हो । समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, विभिन्न राजनीतिक दलका नेताहरु, राप्रपाका नेता, कार्यकर्ताहरु सहभागी भएका छन् ।
राप्रपाले आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको योगदानको उच्च कदर गर्दै हरेक वर्ष पुस २७ गते उहाँको जन्मदिनको अवसर पारेर विभिन्न कार्यक्रम गर्दै आएको छ । सो पार्टीले मुलुकलाई सही बाटोमा अघि बढाउन राजसंस्थाको आवश्यक्ता रहेको जिकिर गर्दै आएको छ ।