जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

पुस २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

जाजरकोट । जाजरकोटको छेडागाड नगरपालिका ८ र ९ को सीमानामा पर्ने बार्न नाउरीघाट भन्ने स्थानमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

पजारूबाट थलह आउँदै गरेको कर्णाली प्रदेश ००१ च १३२७ नम्बरको बोलेरो जिप सडकबाट करिब १ सय ५० मिटर तल खसी दुर्घटना भएको हो। दुर्घटनामा सोही ठाउँका २८ वर्षीय राजु अधिकारी र ७० वर्षीय नन्दकला अधिकारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी सुधीर खड्काले जानकारी दिनुभयो।

जिपमा चालकसहित ६ जना थिए। दुर्घटनामा घाइते हुनेहरूमा सोही ठाउँका जिपचालक कृष्ण अधिकारी, लक्ष्मी खत्री, वीरबहादुर अधिकारी र दैलेख नौमुले गाउँपालिका-६ घर भएका सितला रावत रहेको खड्काले बताउनुभयो । दुर्घटनामा परि घाइते भएका चार जनालाई उद्धार गरी उपचारका लागि छेडागाड नगर अस्पताल लगिएको छ। 

घाइतेहरूको अवस्थामध्यम रहेको प्रहरीले जनाइएको छ। जिपको ब्रेक फेल भएर दुर्घटना परेको प्रहरीले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.