
चितवन । पूर्वी चितवनको रत्ननगरस्थित टिकौलीचौरमा शुक्रबारदेखि १३औं संस्करणको रत्ननगर महाेत्सव सुरू भएको छ ।
महोत्सवमा रामजानकी मन्दिर आकृतिको भव्य गेट निर्माण, जनजाती समुदायको सुन्दर गाउँ, बेरोजगार समस्या निराकरण गर्न रोजगार मेला लगायतका विषयहरू प्राथमिक्ताका साथ अगाडि बढाइएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शंकर गिरीले जानकारी दिनुभयो ।
माघ ६ गतेसम्म चल्ने महोत्सवमा महको उत्पादन र बजारीकरणलाई प्राथमिकता दिइएको छ । महोत्सवको चार लाखभन्दा बढी दर्शक अवलोकन गर्ने र २५ करोडभन्दा माथिको कारोबार हुने अनुमान गरिएको छ ।