गोरखा- १ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिने सुधन गुरुङकाे घाेषणा

पुस २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
गोरखा- १ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिने सुधन गुरुङकाे घाेषणा

काठमाडौं । हामी नेपालका संस्थापक सुधन गुरुङले गोरखा- १ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत गुरुङले गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । तर कुन दलबाट वा स्वतन्त्र उम्मेदवारी भन्नेबारे स्पष्ट भने पारिएको छैन।

आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरूवात गर्न चाहेको उल्लेख गर्दै गुरुङको फेसबुक स्टाटसमा नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल।’ भनिएको छ । गुरुङको जेन-जी आन्दोलनपछि चर्चा बढेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.