कांग्रेस विशेष महाधिवेशन : काठमाडौंका विभिन्न ६ स्थानबाट जुलुस भृकुटीमण्डप पुग्ने

पुस २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
कांग्रेस विशेष महाधिवेशन : काठमाडौंका विभिन्न ६ स्थानबाट जुलुस भृकुटीमण्डप पुग्ने

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि काठमाडौंका विभिन्न ६ स्थानबाट जुलुस महाधिवेशन स्थल भृकुटीमण्डप पुग्ने तयारी छ । 

त्यसका लागि काठमाडौं उपत्यकामा भेला हुन ६ वटा स्थान तोकिएको छ । २७ र २८ गते हुने भनिएको विशेष महाधिवेशनका लागि जनपरिचालन तथा जुलुस व्यवस्थापन समितिले काठमाडौंको सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पस, पद्मोदय-शंकरदेव क्याम्पस, कमलपोखरी र कुपण्डोललाई भेला हुने स्थानका रूपमा तोकेको हो । 

माथि उल्लेखित स्थानमा भेला भएर महाधिवेशन स्थल भृकुटीमण्डप पुग्नसकिने समितिले जनाएको छ । २७ पुस आइतबारको मध्याह्न १२ बजे भृकुटीमण्डपमा उद्घाटन समारोह सुरू हुनेछ । त्यसका लागि भृकुटीमण्डम सजाउने काम भइरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.