
पोखरा । रेडियो कान्तिपुरको रोड शो ‘रेडियो अन ह्विल्स’ पर्यटकीय नगरी पोखरा पुगेको छ । एक्स्ट्रिम इनर्जी मुख्य प्रायोजक रहेको यो शो नेपालगन्जबाट सुरु भएको हो । यो यात्रा धनगढी, सुर्खेत र बुटवल हुँदै पोखरा पुगेको हो ।
बुटवलमा ट्राफिक चोकमा रोड शो हुनुअघि सिद्धार्थ इन्टरनेसनल कलेजमा मिनी रोड शो कार्यक्रम गरिएको थियो । पोखरा विश्वविद्यालयमा पनि आज बिहान मिनी रोड शो आयोजना गरिनेछ । अपराह्न ४ बजेपछि लेकसाइडस्थित हल्लनचोकमा विशेष कार्यक्रम गरिनेछ ।
‘रेडियो अन ह्विल्स’ मा सहभागीले आगामी फेब्रुअरी–मार्चमा आयोजना हुने टी–२० क्रिकेट विश्वकपको टिकटसहित ४ रात ५ दिनको विशेष प्याकेज र दुईतर्फी यातायात सुविधा जित्ने अवसर पाउने छन् । कार्यक्रम हुने १५ वटै स्थानमा एक्स्ट्रिम वा म्याक्स टाइगर इनर्जी ड्रिंग्स खरिद गर्ने सहभागीको नाम र नम्बर लक्की ड्रमा समावेश गरिने आयोजकले जनाएको छ ।
प्रत्येक स्थानबाट एक–एक भाग्यशाली विजेताले विश्वकप प्याकेज जित्नेछन् । बुटवलमा आयोजित कार्यक्रममा सुष्मा अर्यालले विश्वकपको टिकटसहितको प्याकेज जितेकी थिइन् । यसअघि सुर्खेतमा आयोजित कार्यक्रममा गोलामार्फत वीरेन्द्रनगर–१२ का दीपक खड्का, धनगढी–११ का भरतबहादुर चन्द र नेपालगन्जमा टीकाराम गुरागाईं विजेता बनेका थिए ।
यस पटकको रोड शोमा गायक शिव परियार, विश्व नेपाली, हास्य कलाकार राजा राजेन्द्र पोखरेल, डान्स च्याम्पियन नेपालकी विजेता वर्षा फुयाल तथा सिजन–१ की विजेता रोशिका राउतले गीत, संगीत र नृत्य प्रस्तुत गर्ने कार्यक्रम छ ।
रोड शो पोखरापछि चितवन नारायणगढ, हेटौंडा, बर्दिबास, गाईघाट हुँदै पूर्वतिर प्रस्थान गर्नेछ । कार्यक्रमको ‘टाइटल स्पोन्सर’ एक्स्ट्रिम इनर्जी ड्रिंग्स छ भने नेपाल लाइफ इन्स्योरेन्स, ग्लोबल आईएमई बैंक र टीभीएस रेडरको पनि साथ छ । इन्टरनेट पार्टनरमा वाईफाई नेपाल, स्न्याक्स पार्टनरमा रिजाल्स नमकिन, लुब्रिकेन्ट पार्टनरमा सर्वो, फर्निचर पार्टनरमा सोफा हब काठमाडौं र बन्डिङ पार्टनरमा राठीकोल रहेका छन् । कार्यक्रम व्यवस्थापनको जिम्मा इभेन्ट नेपालले लिएको छ ।