
काठमाडौं । आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी मिलेर निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
बुधबार कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तीन वटा राजनीतिक दलहरू मिलेर राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो । जसमा नेपाली कांग्रेसले ९ सिट, एमालेले ८ र लोसपाले १ सिट लिएको कांग्रेसका नेता मिनबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।
उहाँकाअनुसार नेपाली कांग्रेसले प्राप्त गरेको ९ स्थानमा कोशीबाट सुनिल थापा, मधेसमा दलित र अल्पसंख्यक कांग्रेसले लिएको छ । अल्पसंख्यकमा रञ्जित कर्ण, दलितमा रौतहटका धमेन्द्र पासवानलाई अघि सारिएको उहाँले बतउनु भयो । बागमती प्रदेशबाट गीता देवकोटा, गण्डकीबाट जगत तिमिल्सिना, लुम्बिनीबाट चन्द्रबहादुर केसी, वासुदेव जंगली, कर्णालीबाट ललितजंग शाही, सुदूरपश्चिमबाट खम्मबहादुर खाती रहनुभएको बताउनु भयो ।
नेपाली कम्युनिष्ट पार्टीले विभिन्न कुरामा असहमति जनाएपछि कांग्रेस र एमाले अघि बढेको बताउनु भयो ।