
काठमाडौं । चुनावको मिति नजिकिँदै जाँदा राजनीतिक दलका नेताहरूको भारत भ्रमण बाक्लिएको छ ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल आइतबार दिल्ली पुगेर महत्वपूर्ण भेटवार्ता गर्नुभएको छ । त्यस्तै पूर्वपरराष्ट्रमन्त्री तथा कांग्रेस नेतृ आरजु देउवा राणा पनि साेमबारनै दिल्ली पुग्नुभएको छ । नेपाल एयरलाइन्सको आरए-२१७ को उडानबाट उनी नयाँ दिल्ली उडेकी पूर्वपरराष्ट्रमन्त्री राणाको नियमित स्वास्थ्य जाँचका लागि भारत जानुभएको उहाँका सहयोगीहरूले बताएका छन् ।
दाहाल भने पार्टीको कार्यक्रमका लागि भन्दै आइतबार दिल्ली पुग्नु भएको हो । सत्तारूढ भारतीय जनता पार्टीका केही नेताहरूसँग भेटेको स्रोतले जनाएको छ । यससँगै उहाँले भारत सरकारका उच्च पदस्थ अधिकारीहरूसँग समेत गोप्य भेटवार्ता गरेको बताइएको छ ।
भेटमा देश- विदेशमा विकसित घटनाक्रमबारे अनौपचारिक छलफल भएको दाहालले पार्टी निकट प्रवासी संगठनको एकता सन्देश सभामा बताउनुभएको थियो। यसअघि पुस पहिलो साता पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि भारत भ्रमणमा जानुभएको थियो । चार दिने भ्रमणका क्रममा उहाँले नयाँ दिल्ली र मुम्बईका कार्यक्रममा सरिक हुनुभएको थियो ।