प्रधानमन्त्री सुशीला कार्कीसँग अमेरिकी राजदूत थम्पसनको शिष्टाचार भेट

पुस २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री सुशीला कार्कीसँग अमेरिकी राजदूत थम्पसनको शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्पसनले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दुबै पक्षबीच द्विपक्षीय हित, सहयोग र समसामयिक विषयमा छलफल भएको हो । भेटका क्रममा प्रधानमन्त्री कार्कीले अमेरिकाले नेपाललाई लामो समयदेखि पुर्‍याउँदै आएको विकास सहयोग र समर्थनका लागि धन्यवाद व्यक्त गर्नुभयो । 

उहाँले आगामी दिनमा पनि नेपालको लोकतान्त्रिक प्रक्रिया, शान्ति र स्थिरताका लागि अमेरिकी सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो । विशेष गरी आगामी फागुनमा हुने निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउन सहयोगको अपेक्षा रहेको उल्लेख गर्नुभयो । 

प्रधानमन्त्री कार्कीको नेतृत्वको अन्तरिम सरकारले फागुन २१ मा निर्वाचन गराउने तयारी गरिरहेको छ । अमेरिकासँगको सम्बन्धलाई थप सुदृढ बनाउँदै नेपालको विकास र लोकतन्त्र मजबुत बनाउने दिशामा यो भेटले महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.