
वीरगञ्ज । स्थिति तनावग्रस्त बन्दै गएपछि पर्साको प्रशासनले वीरगञ्ज महानगरमा लगाएको निषेधाज्ञा मंगलबार बिहान ८ बजेसम्म कायम गरेको छ ।
प्रशासनले साेमबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका निषेधाज्ञा जारी गरेकोमा साँझ विज्ञप्ति जारी गर्दै मंगलबार बिहान ८ बजेसम्म कायम रहेको जनाएको हो । प्रशासनले वीरगञ्जको पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावरहाउस चोक र दक्षिणमा शंकाराचार्य गेटसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
ती स्थानमा कुनै किसिमको भेला, जुलुस, सभा तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । साेमबार बिहानैदेखिको प्रदर्शनका कारण वीरगञ्ज बजार तनावग्रस्त बनेको थियो ।