
उदयपुर । वित्तीय साक्षरता जागरण समाज नेपालले उदयपुरकी १०२ वर्षीया आमालाई सम्मान गरेको छ । समाजको उदयपुर शाखाको आयोजनामा बेलका नगरपालिका -१ भागलपुरकी १०२ वर्षीया धर्ममाया गहतराजलाई एक युग पार गरेको भन्दै सम्मान गरेको हो ।
समाजको केन्द्रीय विदेश विभाग प्रमुख भिमराज तिरुवा, जिल्ला उपाध्यक्ष अन्जना राईले बृद्ध आमालाई दोसल्ला ओढाइ सम्मान गरेका थिए । गहराजलाई दोसल्लासँगै फलफुल र जुस खुवाइएको थियो ।
समाजले गहतराजलाई युगमानवको रुपमा सम्मान गरेको हो ।