कांग्रेसले राष्ट्रिय सभाको निर्वाचनमा एमालेलगायतका दलहरूसँग गठबन्धन गर्ने

पुस २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
कांग्रेसले राष्ट्रिय सभाको निर्वाचनमा एमालेलगायतका दलहरूसँग गठबन्धन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको निर्वाचनमा नेकपा (एमाले)लगायतका दलहरूसँग गठबन्धन गर्ने भएको छ ।

सोमबार पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, जसपालगायतका दलसँग तालमेल गर्ने विषयमा छलफल भएको हो । कांग्रेसबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकले दलहरूसँग छलफल गर्नुभएको छ । 

सोमबार बिहान गुण्डुमा पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग तालमेलबारे कुराकानी गरेको जानकारी कार्यवाहक सभापति खड्काले बैठकमा दिनुभएको थियो । दलहरूबीच तालमेल गर्ने विषयमा सैद्धान्तिक सहमति जुटे पनि कुन दलले कति सिट लिने भन्ने विषय टुङ्गिएको छैन । 

नेपाली कांग्रेसले राष्ट्रिय सभाका रिक्त १९ सिटमा हुन लागेको चुनाव मध्ये ८ सिट दाबी गर्ने गरेको छ । तर सात सिटमा सहमति हुन सक्ने नेताहरूले बताएका छन् । एमालेलाई ६ र नेकपालाई ४ तथा जसपा नेपाललाई एक सिट दिने गरी गठबन्धन गर्ने गृहकार्य अघि बढिसकेको छ


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.