भैरहवा विमानस्थल निर्माणका विषयमा अख्तियारले थाल्यो अनुसन्धान

आवश्यकताभन्दा बढि जग्गा खरिद गरेको तथ्यको जगमा कागजात झिकाइयो
लागत र निर्माणको औचित्यमाथि प्रश्न
पुस २०, २०८२ |सुदिल पोखरेल
भैरहवा विमानस्थल निर्माणका विषयमा अख्तियारले थाल्यो अनुसन्धान

काठमाडौं । पोखरा विमानस्थल निर्माणमा अयिमितता गरेको आरोपमा ५५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका विषयमा पनि अनुसन्धान सुरु गरेको छ । 

विमानस्थलबारे अध्ययन गर्न गठित संसदीय उपसमितिले प्रतिवेदन नबुझाउँदै प्रतिनिधिसभा भंग भए पनि अख्तियारले अनुसन्धान अघि बढाएको हो । तत्कालीन उपसमितिका सदस्यहरुका अनुसार विमानस्थल निर्माणका क्रममा आवश्यकताभन्दा बढी जग्गा खरिद भएको देखिएको छ । उता महालेखा परिक्षकको कार्यालयले भने विमानस्थल स्तरोन्नति गर्नुअघि सञ्चालनको व्यावसायिक कार्ययोजना बनाउन पर्याप्तअध्ययनसमेत नगरिएको पटक-पटक औंल्याएको छ ।

पोखरा विमानस्थल निर्माणमा ८ अर्ब बराबरको भ्रष्टाचार भएको ठहर गर्दै गत मंसिरमा५५ जनाविरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको अख्तियारले गौतम बुद्ध विमानस्थलमा पनि अनियमितताको आशंकामा अनुसन्धान अघि बढाएको छ । विमानस्थलमै पुगेर अध्ययन गर्दा पनि विमानस्थल निर्माणमा आवश्यकताभन्दा बढी जग्गा खरिद देखिएकोसार्वजनिक लेखा समिति अन्तर्गतको संसदीय उपसमितिका सदस्य बताउँछन् । यस विषयमा अख्तियारले थप अनुसन्धान गर्नुपर्ने उनीहरूको भनाइ छ ।

२०७१ माघ १ मा निर्माण सुरु भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०७४ सम्म पूरा गर्ने लक्ष्य लिइएको थियो । तर, मुख्य ठेकेदार तथा सहठेकेदार कम्पनीबीच विवाद, मधेस आन्दोलन, भारतको नाकाबन्दी, निर्माण सामग्रीको आपूर्तिमा असहजता र कोरोना महामारीका कारण निर्माण अवधि ४ वर्ष लम्बियो र लागतसमेत बढ्यो । 

६ अर्ब २२ करोड लागतमा निर्माण गर्नेगरी सुरु भएको विमानस्थलनिर्माण २०७८ मा सम्पन्न हुादासम्म आठ अर्ब ८२ करोड पुग्यो । साढे २२ सयभन्दा बढी घरधुरीलाई मुआब्जा दिई आठ सय १० बिघा जग्गा अधिग्रहण गर्दा २३ अर्बभन्दा बढी रकम मुआब्जामै खर्च भयो । तर व्यावसायिक रूपमा विमानस्थल सञ्चालन हुन नसकिरहेका बेला यसको लागत र निर्माणको औचित्यमा समेत प्रश्न उठेको छ । 

हुनत् यसअघि महालेखा परीक्षकको कार्यालयले यसको कार्यान्वयनयोग्य व्यावसायिक योजनाबिना विमानस्थल निर्माणका विषयमा प्रश्न उठाउँदै आएको छ । अब यसमा जग्गा खरिदको औचित्यका बारेमा अध्ययन नै गर्नुपर्ने विज्ञको समेत राय छ ।उपसमितिका सदस्यहरु विमानस्थल स्तरोन्नति गर्नुअघि विमानस्थल निर्माण तथा सञ्चालनको व्यावसायिक कार्ययोजना बनाउन पर्याप्त अध्ययन नभएको बताउँछन् । 

कार्यान्वयन हुनसक्ने व्यावसायिक योजनाबिना नै यति धेरै रकम खर्च गरेर आयोजना निर्माण हुनु र जग्गा खरिदमा प्रश्न उठ्नुले पनि गौतमबुद्ध विमानस्थल निर्माणबारे अख्तियारले तदारुकताका साथ समयमै अध्ययन गर्नुपर्ने देखिन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अहिले यो आयोजनाको ठेक्का प्रक्रियासाग सम्बन्धित कागजात संकलन गरिरहेको छ । 

के कति कागज कहाँबाट संकलन गरियो भन्ने चाहिा अख्तियारले खुलाएन । अख्तियारमा यस विषयमा यसअघि पनि उजुरी परेका थिए । तर उजुरीमाथि ठोस अनुसन्धान सुरु हुन सकेको थिएन । महालेखापरिक्षकको कार्यालयले गत वैशाखमा आफ्नो ६२ आाै प्रतिवेेदन सार्वजनिक गरेपछि यसको अध्ययन सुरु भएको अख्तियार स्रोत बताउँछ ।


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।