‘कुलमान रास्वपा प्रवेश गरेकोबारे सरकारलाई औपचारिक जानकारी नै छैन’

औपचारिक जानकारी आएपछि कुलमान बारे सरकारले निर्णय गर्ने भनाइ
पुस १८, २०८२ |राजु चौधरी
‘कुलमान रास्वपा प्रवेश गरेकोबारे सरकारलाई औपचारिक जानकारी नै छैन’

काठमाडौं । सूचना तथा प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता जगदिश खरेलले सरकारका मन्त्री कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेको बारेमा सरकारलाई औपचारिक जानकारी नआएको बताउनुभएकाे छ ।

शुक्रबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरागर्दै प्रवक्ता खरेलले मन्त्री घिसिङ रास्वपामा प्रवेश गरेको औपचारिक जानकारी आएपछि सरकारको तर्फबाट लिनुपर्ने आवश्यक निर्णय लिइने बताउनुभएकाे हाे । मन्त्री खरेलले आफू अहिलेसम्म कुनै पार्टीमा प्रवेश नगरेको समेत स्पष्ट समेत पार्नुभयाे । 

आगामी फागुन २१ गते हुने निर्वाचनमा पनि आफू अहिलेसम्म चुनाव लड्ने या नलड्ने भन्ने निर्णय नगरेको उहाँकाे भनाइ छ । मन्त्री खरेलले सबै नेपाली नागरिकलाई चुनाव लड्ने अधिकार रहेको भन्दै सरकारका मन्त्रीले पनि चुनाव लड्न सक्ने बताउनुभयाे । तर पदको दुरूपयोग भने गर्न नहुने स्पष्ट विषयमा उहाँले स्पष्ट पार्नुभयाे ।


Image

राजु चौधरी

चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।