
पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा तीन दिने राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगिता सुरू भएको छ ।
९ विद्यालयका ५ सय ९२ खेलाडी सहभागी प्रतियोगीतामा ५ सय ९२ छात्राको सहभागिता रहेको रम्भा गाउँपालिका शिक्षा शाखा प्रमुख मीना आचार्यले जानकारी दिनुभयो । ७४ स्वर्ण, ७४ रजत, ११० कास्य गरी २ सय ५८ पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा गाउँपालिका भित्रका ८ विद्यालय र एक गुरूकुलबाट विद्यार्थीको उत्साहजनक सहभागिता रहेको छ ।
एथलेटिक्स, हाइजम्प, लंग-जम्प, ट्रिपल जम्प, सटपुट, भलिबल, ज्याभलिन थ्रो लगायतका खेल प्रतियोगिता सञ्चालन हुनेछ ।