छेकम्पारमा आगलागी हुँदा एकजना गम्भीर घाइते

पुस १८, २०८२ |भीमलाल श्रेष्ठ
छेकम्पारमा आगलागी हुँदा एकजना गम्भीर घाइते

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका वडा नं ७ छेकम्पारस्थित लेरू गाउँमा आगलागी हुँदा एकजना गम्भीर घाइते भएका छन् । 

गएराति ३ बजे आगलागी हुँदा स्थानीय ५४ वर्षका तेन्जिङ वाङगेल लामा घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको छेकम्पारमै प्राथमिक उपचार भैरहेको छ । आगलागीबाट घाइते तेन्जिङको धन्सारभित्र रहेको लत्ता-कपडा, अन्नपात, काठदाउरा, चौरीको काँटी, जस्ता पाता, कृषि औजारलगायतका सामाग्रीहरू पूर्णरूपमा नष्ट भएको छ। 

चुल्हाेको आगो सल्किएर आगलागी भएको स्थानीयहरूको भनाइ छ ।


Image

भीमलाल श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका गोरखा संवाददाता हुन् ।