बयान नदिने ओलीको अडान विधिको शासनविपरित हुने संविधानविद् भीमार्जुन आचार्यकाे भनाइ

पुस १४, २०८२ |रुपेश श्रेष्ठ
बयान नदिने ओलीको अडान विधिको शासनविपरित हुने संविधानविद् भीमार्जुन आचार्यकाे भनाइ

काठमाडौं । संविधानविद् भीमार्जुन आचार्यले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले आयोगमा बयान दिन जान्न भन्नु आफैंले बनाएको कानुनको उल्लंघन भएको बताउनुभएको छ।

पटक-पटक प्रधानमन्त्री भइसकेको व्यक्तिले उच्चस्तरीय जाँचबुझ आयोगलाई बयान दिन इन्कार गर्नु दुखद भएको आचार्यको भनाइ छ। आयोगले बोलाउँदैमा बयान दिन नजाने ओलीको भनाइमा टिप्पणी गर्दै आचार्यले आयोगप्रति विश्वास नभए बयानका क्रममा मौन रहने अधिकार उहाँसँग भए पनि बयान नै दिन्न भन्नु विधिको शासनविरुद्ध हुने जिकिर गर्नुभयो।

कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम 'फायरसाइड'मा कुरा गर्दै आचार्यले सरकार जेन-जी आन्दोलनको मर्मअनुसार कठोर रूपमा प्रस्तुत हुन नसकेको धारणा राख्नुभयो। नागरिकको परीक्षा पटक-पटक असफल भएकाहरूलाई आगामी निर्वाचनबाट फेरि आउनै नसक्ने गरी व्यवस्था गर्न सक्ने र भदौ २३ र २४ को आन्दोलनमा विध्वंश गर्नेहरूमाथि कारबाही गर्ने सक्ने अवसर हुँदा-हुँदै सरकार त्यसमा सम्पूर्ण रूपमा चुकेको आचार्यले आरोप लगाउनुभयो।

आचार्यसँगको पूरा अन्तर्वार्ता साेमबार राति ९ बजे कार्यक्रम 'फायरसाइड'मा प्रसारण हुनेछ। कार्यक्रम कान्तिपु टिभीको युट्युब च्यानलसँगै कान्तिपुर टिभी एपमा हेर्न सकिनेछ।


Image

रुपेश श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका निमित्त समाचार प्रमुख हुन् ।