
काठमाडौं । निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सात प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।
आयोगले जिल्ला न्यायाधीशहरूलाई निर्वाचन अधिकृतमा नियुक्त समेत गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो। आयोगका अनुसार कोशी प्रदेशमा भीमराज प्रसाई, मधेशमा शुभनाथ पुरी, बागतीमा गीता श्रेष्ठलाई निर्वाचन अधिकृत तोकिएको छ ।
यस्तै गण्डकीमा हिमाल बेल्वासे, लुम्बिनीमा प्रकाशराज पण्डित, कर्णालीमा दीपक ढकाल र सुदूरपश्चिममा भुवनसिंह थापालाई नियुक्त गरिएको आयोगले जनाएको छ । आगामी फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभाका १९ पदमा माघ ११ गते निर्वाचन हुँदैछ ।
निर्वाचन कार्यक्रम अनुसार पुस १९ गते बिहान १० बजेदेखि ११ बजेसम्म नामावली प्रकाशन गरिँदैछ । पुस २३ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयन हुनेछ भने २८ उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम छ ।