राजनीतिक दलहरू निर्वाचनमा लागेको देख्दा उत्साहित भएका छौँ : सञ्चारमन्त्री खरेल

पुस ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
राजनीतिक दलहरू निर्वाचनमा लागेको देख्दा उत्साहित भएका छौँ : सञ्चारमन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको लागि उचित वातावरण बनिसकेको दाबी गर्नुभएको छ ।

जनमत पार्टी कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री खरेलले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उचित वातावरण बनिसकेको जिकिर गर्नुभएको हो । उहाँले सबै राजनीतिक दलहरू निर्वाचनका लागि तयार रहेको र आवश्यक तयारी गरिरहेको पाएको पनि बताउनु भयो । 

मन्त्री खरेलकाअनुसार जनमत पार्टी पनि निर्वाचनका लागि तयारी अवस्थामा छ । निर्वाचनका लागि सबै राजनीतिक दलहरू लागेको देख्दा सरकार उत्साहित भएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘चुनावको वातावरण तयार गर्न सरकारको तर्फबाट मुख्य राजनीतिक दलहरूको पार्टी कार्यालयमै आएर छलफल गरेका हौँ । जनमत पार्टी चुनावको लागि तयारी अवस्थामा छ । फागुन २१ मा सरकारले चुनाव गर्दैछ । हामी जति राजनीतिक दलहरूको पार्टी कार्यालयमा गएका छौँ, उहाँहरूले चुनावको लागि वातावरण बनिसकेको र चुनावको लागि तयार भएको सन्देश पाएका छौँ । हामी सबै चुनावमा होमिनुपर्छ भनेर सरकार उत्साहित भएर अघि बढेको छ ।’

सरकारद्वारा गठित राजनीतिक संवाद समितिको तर्फबाट कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री खरेलसहित प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख सल्लाहकार अजयभद्र खनाल निर्वाचनको वातावरण बनाइ दिन आग्रह गर्दै राजनीतिक दलहरूको कार्यालयमा धाइरहनुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.