
काठमाडौं । विभिन्न समूहका जेन-जी अगुवाहरूले दीर्घकालीन न्यायका लागि राजनीतिक जिम्मेवारी लिन तयार रहेको भन्दै आन्दोलनको मर्म विपरित अघि नबढ्न सरकारलाई सचेत बनाएका छन् ।
काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा उनीहरूले जेन-जी आन्दोलनको पहिचान, सम्मान र न्यायका लागि भन्दै साझा प्रतिबद्धता पनि सार्वजनिक गरेका हुन् । भ्रष्टाचारीलाई कारबाही, सुशासनको स्थापना र नागरिक अधिकार पहिलो प्राथमिकता भएकोले त्यो पुरा गरेर मात्र चुनावमा जान पनि उनीहरूले आग्रह गरे ।
अभियन्ताहरुले संवैधानिक अंगहरूको संरचनागत सुधार, निर्वाचन प्रणाली, कर्मचारीतन्त्र र आर्थिक नीतिमा आमुल परिवर्तनमा जोड दिएका छन् ।