सरकार र जेन-जी सम्झौताविरूद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

पुस ११ गते दुबै पक्षलाई छलफलमा बोलाइयो
पुस ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
सरकार र जेन-जी सम्झौताविरूद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

काठमाडौं । सरकार र जेन-जी बीचको सम्झौताविरूद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले प्रारम्भिक सुनुवाइ गर्दै १५ दिनभित्र कारण देखाउ आदेश जारी गरेको हो । अन्तरिम आदेशको विषयमा छलफल गर्न पुस ११ गते दुबै पक्षलाई अदालतमा उपस्थित हुन भनिएको छ । अदालतले महान्यायाधिवक्ता कार्यालयमार्फत निर्णयसम्बन्धी सक्कल कागजात पेस गर्नसमेत निर्देशन दिएको छ ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रधानमन्त्री सुशीला कार्कीलाई विपक्षी बनाइएको थियो । रिटमा सम्झौता र राजपत्रमा जारी गरिएको सूचनालाई असंवैधानिक ठहर गर्दै उत्प्रेषणको आदेश माग गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.