कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप, आठ घाइते

थप अप्रिय अवस्था सिर्जना हुन नदिन सुरक्षा व्यवस्था कडा
पुस ४, २०८२ |हरिश्चन्द्र बाग
कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप, आठ घाइते

कञ्चनपुर । कञ्चनपुर कारागारमा शुक्रबार साँझ कैदीबन्दीहरूबीच भएको झडपमा आठ जना कैदीबन्दी घाइते भएका छन् । 

कारागारभित्र नाइकेसहित केही व्यक्तिहरूले ज्यादती गरेको आरोप लगाउँदै र कारागार प्रशासनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कैदीबन्दीहरू बिद्रोहमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको हो । कैदीबन्दीहरूबीच आपसमा भएको झगडामा आठ जना घाइते भएको र उनीहरूको अस्पतालमा उपचार भइरहेको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो ।

घटनापछि थप अप्रिय अवस्था सिर्जना हुन नदिन कारागारको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । कारागारभित्रको अवस्था नियन्त्रणमा लिन थप प्रहरी परिचालन गरिएको छ भने घटनाको कारणबारे अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ । कारागार प्रशासनको आन्तरिक व्यवस्थापन, नाइकेको भूमिकालगायत विषयमा समेत छानबिन गरिने बताइएको छ ।


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।