
काठमाडौं । कान्तिपुर टेलिभिजनका पत्रकार नारायण किलम्बू यस वर्षको 'ललितपुर महानगर गौरव पुरस्कार' बाट पुरस्कृत हुनुभएको छ ।
ललितपुर महानगपालिकाको १०७औं स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले पत्रकार किलम्बूलाई एक लाख नगदसहित उक्त पुरस्कार प्रदान गर्नु भएको हो ।
पत्रकारिताको माध्यमबाट जनतालाई सचेत र सूसुचित गर्न महत्वपूर्ण योगदान गरेको भन्दै महानगरपालिकाले पत्रकार किलम्बूलाई महानगर गौरव पुरस्कारबाट सम्मान गरिएको हो । सोही अवसरमा दिलेन्द्रराज श्रेष्ठ, वरिष्ठ कलाकार नारायणदेवी प्रधान, धर्मलाल महर्जन, रवि महर्जन, योगेन्द्र महर्जन र बाबुराजा देउलालाई विभिन्न विधाका पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।
यस्तै महानगरका कर्मचारी राजेन्द्रप्रसाद अधिकारीलगायतलाई पनि सम्मान गरिएको थियो।