नेशनल घर निर्माण फेस्ट-२०८२ को प्रायोजकमा शिवम् सिमेन्ट

प्रदर्शनी पुस १२ गतेदेखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने
पुस २, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेशनल घर निर्माण फेस्ट-२०८२ को प्रायोजकमा शिवम् सिमेन्ट

काठमाडौं । नेशनल घर निर्माण फेस्ट-२०८२ को प्रायोजकमा शिवम् सिमेन्ट आबद्ध भएको छ । 

स्किल सेवा प्रा.लि. र शिवम् सिमेन्ट लिमिटेडबीच नेशनल घर निर्माण फेस्ट-२०८२ आयोजना तथा प्रवर्द्धनका लागि सम्झौतापत्र 'एमओयू'मा हस्ताक्षर भएको हो । घर निर्माण, परामर्श तथा प्रविधिमुखी यो राष्ट्रिय स्तरको प्रदर्शनी पुस १२ गतेदेखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ ।

प्रदर्शनी सर्वसाधारणका लागि निःशुल्क प्रवेश रहने आयोजकले जनाएको छ । घरधनी, निर्माण व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, आपूर्तिकर्ता, विद्यार्थी तथा आम नागरिकलाई लक्षित गरी आयोजना हुने यस फेस्टमा आधुनिक घर निर्माणसम्बन्धी सीप, परामर्श, सामग्रीहरू एउटै थलोमा प्रस्तुत गरिने बताइएकाे छ ।

कार्यक्रमले गुणस्तरीय, सुरक्षित र दिगो घर निर्माणबारे राष्ट्रिय सन्देश प्रवाह गर्ने उद्देश्य राखेको छ । यसैगरी, फेस्टको विशेष आकर्षणका रूपमा गिनिज वर्ल्ड रेकर्ड कायम गर्ने उद्देश्यसहित संसारकै सबैभन्दा ठूलो इट्टा प्रदर्शनीमा राखिने जानकारी दिइएको छ । उक्त प्रयासले नेपाली निर्माण क्षेत्रको क्षमता र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अपेक्षा गरिएको छ ।

नेशनल घर निर्माण फेस्ट-२०८२ ले निर्माण व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, विद्यार्थी तथा आम उपभोक्तालाई घर निर्माणसम्बन्धी नवीन जानकारी र अनुभव साटासाट गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास लिइएको छ । 

५३ ग्रेड तथा ४३ ग्रेडको ओ.पी.सी. सिमेन्ट उत्पादन तथा बिक्रि वितरण गर्दै आइरहेको शिवम् सिमेन्टले देशका राष्ट्रिय गौरवका योजना तथा अन्य ठूला-ठूला परियोजनाहरूका साथै अनेकौं संरचना निर्माणमा समेत विगत लामो समयदेखि महत्वपूर्ण भुमिका निर्वाह गर्दै आइरहेको छ । उच्च गुणस्तर, निःशुल्क प्राविधिक सेवा समेतका कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरूद्वारा अत्याधिक रूचाइएको तथा विश्वास गरिएको असलि ओ.पी.सी. सिमेन्ट बन्न सफल भएको हो ।

नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा बीआईएस-आईएसआई यूआरएस प्रमाणित आईएसओ सर्टीफिकेट प्राप्त शिवम् सिमेन्टले देशको भौतिक विकास निर्माणमा विभिन्न असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिँदै आएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.