एमाले फुट्दैन, अझ सशक्त भएर अघि बढ्छ : पृथ्वीसुब्बा गुरूङ

मंसिर २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
एमाले फुट्दैन, अझ सशक्त भएर अघि बढ्छ : पृथ्वीसुब्बा गुरूङ

काठमाडौं । नेकपा (एमाले)का निःवर्तमान उपमहासचिव पृथ्वीसुब्बा गुरुङले महाधिवेशनमा हुने प्रतिस्पर्धालाई लिएर पार्टी नफुट्ने दाबी गर्नुभएको छ ।

सोमबार भृकुटीमण्डपमा जारी पार्टी महाधिवेशनको बन्दसत्र स्थलमा पार्टीको संस्थापन पक्षबाट उपाध्यक्षको उम्मेदवारी दिने तयारी गरिरहनुभएका उहाँले सो टिप्पणी गर्नुभएको हो । निःवर्तमान उपमहासचिव गुरूङले एमाले प्रतिस्पर्धामा विश्वास गर्ने पार्टी भएकाले पराजित भएकाहरूले पार्टी छोड्ने काम नगर्न आग्रह गर्नुभयो । 

उहाँले पार्टीलाई अझ सशक्त, अझ सुदृढ बनाउनका लागि नेतृत्व चयन प्रतिस्पर्धाको आधारमा गर्ने निर्णय गरिएको पनि स्पष्ट पार्नुभयो । निःवर्तमान उपमहासचिव गुरूङले निर्वाचनमा पराजित हुनेहरूलाई समेटेर उनीहरूको भावनाको कदर गर्दै पार्टी अघि बढ्ने समेत बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.