प्रतिनिधि मनोनयनमा ईश्वर पोखरेल समूहको आपत्ति

मंसिर २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रतिनिधि मनोनयनमा ईश्वर पोखरेल समूहको आपत्ति

काठमाडौं । नेकपा (एमाले) ११औं राष्ट्रिय महाधिवेशनका लागि मनोनित १०८ जना प्रतिनिधिको विषयमा अध्यक्षका दाबेदार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गम्भीर असमति जनाउनुभएको छ । 

शुक्रबारको सचिवालय बैठकमा दुबै पक्षले आ-आफ्नै सूची पेस गरेका थिए । त्यसपछि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष पोखरेल बसेर एक सय ८ जना प्रतिनिधि टुंगो लगाउने सहमति भएको थियो । तर सहमति विपरीत एकलौटी ढंगले सूची प्रकाशित गरिएको कमरेड भन्दै पोखरेलले आपत्ति जनाउनु भएको हो ।

शनिबार प्रकाशित सूची शुक्रबारको बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेका नामहरू हुन् । दुबै तर्फबाट पेस सूचीका विषयमा सहमति खोज्ने निर्णय भएकोमा शनिबार एकतर्फी रूपमा नाम प्रकाशित गरिएको भन्दै पोखरेलले आपत्ति जनाउनुभएको हो ।

मनोनित प्रतिनिधिहरू अधिकांश ओली पक्षकै छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.