धादिङ सदरमुकाम धादिङबेसीमा विशेषज्ञ स्वास्थ्य शिविर

मंसिर २७, २०८२ |पोषनाथ अधिकारी
धादिङ सदरमुकाम धादिङबेसीमा विशेषज्ञ स्वास्थ्य शिविर

धादिङ । धादिङको सदरमुकाम धादिङबेसीमा एकै पटक धेरै विशेषज्ञ सेवा दिने गरी निशुल्क वृहत स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

नीलकण्ठ नगरपालिकाको आयोजना तथा न्युरो अस्पताल बाँसबारीको प्राविधिक सहयोगमा सदरमुकाम धादिङबेसीमा आईतबार देखि शिविर सुरु भएको हो ।

शिविरमा न्युरो सर्जरी, न्युरोलोजी, मुटु रोग सेवा, नाक, कान, घाँटी, छाला, यौन तथा चर्म रोग, हाड जोर्नी तथा नसा, ईको, ईसिजी, जनरल, बालरोगलगायतका विशेषज्ञ सेवाहरू प्रदान गरिएको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले बताउनुभयो । परीक्षण गरिएका बिरामीलाई आवश्यक पर्ने औषधिसमेत निशुल्क वितरण गरिएको छ । शिविरको पहिलो दिन शुक्रबार ४ सय ७६ जनाले सेवा लिएका छन् । शिविर शनिबारसम्म सञ्चालन हुनेछ ।


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।