.png&w=1000&height=550)
धनकुटा । पछिल्लो डेढ वर्षमा वैदेशिक रोजगारीका क्रममा धनकुटाका १५ जनाको ज्यान गएको छ ।
वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार गएको आर्थिक वर्ष २०८१/०८२ र चालु आर्थिक वर्षको यो अवधिसम्म १३ जना ठगीमा परेका छन् । धनकुटा नगरपालिकाले जिल्ला प्रशासन कार्यालयमा सञ्चालन गरेको आप्रवासी स्रोत केन्द्रमा दर्ता भएका ४५ मध्ये ९ वटा अंगभग, बिरामी र ८ अन्य उजुरी छन् ।
यस अवधिमा मृत्यु, अङ्गभङ्ग, ठगी र बिरामी भएका व्यक्तिलाई जिल्ला प्रशासन कार्यालय र आप्रवासी स्रोत केन्द्रको समन्वयमा ४६ लाख ३९ हजार रूपैयाँ परिपूरण तथा क्षतिपूर्ति उपलब्ध गराइएको छ ।