निजामती सेवामा प्रवेश गर्न जति मिहिनेत गर्नुपर्ने हुन्छ, त्यति नै चुनौती

मंसिर २५, २०८२ |विकास आचार्य
निजामती सेवामा प्रवेश गर्न जति मिहिनेत गर्नुपर्ने हुन्छ, त्यति नै चुनौती

काठमाडौै । देवदह ९ रुपन्देहीकी आस्था खत्री यसै वर्ष लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेपछि निजामती सेवामा प्रवेश गर्नुभयो । प्रशासनतर्फको अधिकृतमा सफल हुनुभएकी उहाँ सफल प्रशासक बन्ने सोचमा हुनुहुन्छ । सबैले दत्तचित्त भएर लागे नागरिकको गुनासो चिर्न सकिने उहाँको धारणा छ । पहिलो प्रयासमै अधिकृत बन्नु भएकी उहाँ भन्नुहुन्छ- कानुन हेरेर काम गर्छु, कसैको प्रभावमा पर्दिनँ निजामती सेवामा अधिकृत रहनुभएकी आस्था खत्री बताउँनुहुन्छ । 

उदपुयरकी दीक्षा सापकोटा र बर्दिवासका आकाश साहलाई लाग्छ- कार्यालयमा कामै नहुनु र फायल नसर्नुको कारण डिजिटलाईजेसन नहुनु हो । कानुन अनुसार चले, पारदर्शीता कायम गरे भ्रष्टाचार आफै अन्त्य हुने उहाँहरुको विश्वास छ ।

सरकार भएको र सरकारले काम गरिरहेको देखिने अनुभूत हुने भनेकै प्रसाशनिक संयन्त्रले चुस्त दुरुस्त सेवा दिएपछि हो । प्रशासनिक संयन्त्र स्थायी सरकार हुनुको नाताले पनि बढी नै उत्तरदायी हुनुपर्ने हुन्छ । तर, के हाम्रा कर्मचारी संयन्त्रले सहज सेवा दिएका छन् । आखिर चुनौती कहाँ छ ?

२०८१-८२ ब्याचका यी नयाँ अधिकृतहरु अबको ६ महिनापछि कार्यक्षेत्रमा खटिनेछन् । यी कर्मचारीको काँधमा अब भ्रष्टाचाररहित रुपमा नागरिकलाई सहज सेवा दिने दायित्व थपिएको छ । 


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।