प्रधानमन्त्री कार्की र सुदन गुरूङबीच भेटवार्ता

मंसिर २३, २०८२ |रासस
प्रधानमन्त्री कार्की र सुदन गुरूङबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग जेन-जी आन्दोलनका अगुवा सुदन गुरूङले मंगलबार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मंगलबार भएको भेटमा गुरूङले सरकार र जेन-जीबीच हुन लागेको सम्झौतामा भएको प्रगतिबारे चासो राख्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

जेन-जी आन्दोलनलाई वैधता दिनेगरी सम्झौताको प्रक्रिया चाँडो टुङ्ग्याउनुपर्ने र राष्ट्रपतिसमक्ष हस्ताक्षर गर्नुपर्ने उहाँको भनाइ थियो । यस्तै उहाँले आन्दोलनमा गएकै कारण कतिपय युवालाई प्रहरीले धरपकड गरेको, धरौटी तिर्ने रकम नभएर पनि पुर्पक्षका लागि थुनामा जानुपरेको गुनासो गर्नुभयो ।