विपद्‌मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौं : चिरिबाबु महर्जन

मंसिर २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
विपद्‌मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौं : चिरिबाबु महर्जन

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले संकटमा पनि आफ्नो महानगरपालिकाले पूरा गर्नुपर्ने दायित्वबाट पछि नहटेको बताउनुभएको छ ।

शनिबार महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवन ब्लक बीको उद्घाटन समारोहमा बोल्दै उहाँले सो दाबी गर्नुभएको हो । मेयर महर्जनले जेन-जी आन्दोलनको बेला पनि आगलागीलगायतका विपद् व्यवस्थापनको काममा आफूहरूले ठूलो सफलता हात पारेको बताउनु भयो । 

उहाँले विपद् व्यवस्थाका लागि आफूहरूले आवश्यक सबै अवयवहरूको व्यवस्थापन एउटै छानामुनि गरेको र त्यसलाई अझ प्रभावकारी बनाउनका लागि छिट्टै थप दुईवटा एम्बुलेन्स व्यवस्था गर्न लागिएको जानकारी समेत दिनुभयो । विपद् व्यवस्थापनका लागि आफूहरूले दमकल निस्केपछि एम्बुलेन्स पनि सँगै लैजाने व्यवस्था गरिएको पनि मेयर महर्जनले बताउनु भयो ।

मेयर महर्जनले ललितपुरको नगर क्षेत्रलाई स्मार्ट सिटी बनाउने कामलाई आफूहरूले तिव्रताका साथ अघि बढाएको समेत बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.