
पूर्वीनवलपरासी । पूर्वीनवलपरासीको देवचुली नगरपालिकामा हरेको मातृभूमि मध्यवर्ती सामुदायिक वनमा ८ वटा मृग मरेको फेला परेका छन् । देवचुली नगरपालिका १३ मा रहेको सामुदायिक वनमा शुक्रवार मृग मरेको अवस्थामा फेला परेपछि स्थानीयले निकुञ्ज र वन कार्यालयमा खबर गरेका थिए । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापाले एकै पटक एकै स्थानमा ८ वटा मृग मरेको अवस्थामा फेला परेको बताउनुभयो । पोष्ट मार्टमको लागि नमुना सङ्कलन गरिएको छ । वन नजिकै बस्ती भएकाले बस्तीमा खेती खानका लागि जाँदा तोरीमा राखिने विषादी खाएकाले मृग मरेको हुनसक्ने अनुमान गरिएको छ ।